राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।
कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए ।
यसै प्रकरणमा वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो ।

Related