• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटकीय नगरी पोखराको हल्लनचोक पूर्ण सरसफाइ क्षेत्र

  •      /१७ चैत्र २०७४, शनिबार १३:२७ ,  प्रकाशीत
  • पोखरा । पर्यटकीय सुन्दरनगरी पोखराका विभिन्न सार्वजनिक स्थानहरुमा करिब दुई बर्ष पहिले थाालिएको सरसफाई अभियान ९६ औं हप्तामाको अवसरमा पर्यटकीय क्षेत्र लेकसाइडको हल्लन चोक देखि खहरेसम्मको क्षेत्रलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको छ ।
    पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ कोे आयोजना तथा खहरे आमा समूहको विशेष सक्रियतामा पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको वडा नंम्वर ६ का जनप्रतिनिधि एवं सरसफाइ संयोजक हरिकृष्ण पहारीले बताए।
    बृहत् सफाइ अभियानको ९६ औं श्रृंखलाका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख यदुप्रसाद पन्थीको विशेष आतिथ्यतामा लेकसाइडको हल्लन चोक देखि खहरेसम्मको क्षेत्रलाई पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिएको हो।
    कार्यक्रममा अभियानका संयोजक रामबहादुर पौडेलले वडा अध्यक्ष जगत पहारीलाई राष्ट्रिय सम्पदा फेवाताल, ऐतिहासिक रत्नमन्दिर–हिमागृह, खोलानाला, मठ मन्दिर लगायतका सार्वजनिक सम्पत्तिहरुको संरक्षणमा ध्यान दिनुको साथै समग्र वडाको नियमित सरसफाइ गर्ने प्रतिबद्धता पत्र वाचन गराई हस्ताक्षर गराएका थिए।
    कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले सफाइ अभियानको प्रशंसा गर्दै फेवाताल संरक्षणका लागि आफू प्रतिबद्ध रहने बचनबद्धता ब्याक्त गरेका थिए । ‘फेवातालको संरक्षण र सम्बद्र्धन गर्न म प्रतिबद्ध छु’ उनले भने। ‘आगामी दिनमा पनि म निरन्तर लागि रहने छु।’
    पोखरा लेखनाथ महानगरपालिकाले डष्टबिन प्रायोजनका लागि ३० वटा थुन्से डोको र प्लाष्टिक थैलो, खहरे आमा समूहलाई प्रदान गरेको थियो । यस्तै, अमेरिकामा बसोबास गर्ने कमल भट्टराईले अभियानका लागि फोहोरमैला टिप्ने १० थान आधुनिक चिम्टा र ओम डेभलपमेन्ट बैंकले १० प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए ।
    अभियानमा नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, ड्यामसाइड टोल विकास संस्था, अभियान महिला समूह, माछापुच्छे« महिला क्लब, सृजनशील महिला समूह सेदीबगर, धादिङ–त्रिपुरा बाराही आमा समूह, हाम्रो क्रिउ स्काउट समूह, रेन्बो चिल्डे«न होम लगायत करिब डेढदर्जन संघसंस्थाहरुको उपस्थिति रहेको थियो।
    नागरिक समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारीले राष्ट्रिय गान बजाई कार्यक्रमको शुभारम्भ गरेका थिए भने वडा अध्यक्ष जगत पहारीले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.