• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगर वडानं ३० मा बिपद ब्यवस्थापन समिति गठन

  •    शुभेच्छा न्यूज  /१० बैशाख २०७७, बुधबार ११:२१ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नम्वर ३० ले बिपद ब्यवस्थापन समिति गठन गरेको छ।

    वडाअध्यक्ष श्रीराम पोख्रेलको सयोजकत्वमा बसेको बैठकले नागरिकको हितलाइ ध्यानमा राख्दै बिपद ब्यबस्थापन तथा सहयोग कोषको स्थापना गरेको हो ।

    कोषलाइ पारदर्शी बनाउनको लागि आर्थिक परिचालन समितिको गठन गरिएको वडाअध्यक्ष पोखरेलले बताए।उनका अनुसार समितिमा नेकपा वडानम्वर ३० का अध्यक्ष कृष्ण अधिकारी र नेपाली काँग्रेस वडा नं ३० का सभापती निरलाल तज्याको अध्यक्षतामा समिती बनाइएको छ।

    दुइ जना अध्यक्ष मध्य कुनै एकको हस्ताक्षर तथा वडा सचिब दुर्गा न्यौपानेको अनिबार्य हस्ताक्षर हुनेगरी बैंक खाता सन्चालन गरिने समिति बनाइएको नेकपा ३० का अध्यक्ष एवं समितिका अध्यक्ष कृष्ण अधिकारिले जानकारी दिए ।

    ११ सदस्य रहेको समितिमा लेखनाथ उद्योग बाणिज्य संघका दितिय उपाध्यक्ष राजेन्द्र ओझा , लायन्स क्लब अफ तालनगरिका अध्यक्ष केशब तिवारी , कृषि सन्जाल ३० का अध्यक्ष दयाराम तिवारी , गौतम ऋषि सहकारीका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, शिशुवा सिआरभि प्रहरीका प्रमुख, गगनगौडा शाखाका प्रहरी प्रमुख , मिडिया कर्मी शिबराज सुबेदी लगायत सदस्य रहेको समिती गठन गरिएको छ।

    सहजीकरण र सल्लाहको लागी भुगोल अनुसार २५ जनाको सल्लाहकार समिती पनि गठन गरियको छ। समितिमा बिभिन्न आमासमुह, टोलबिकास सस्था, युवा क्लब र सामाजिक ब्याक्तित्वहरुको सहभागिता रहेको छ।

    समितिले अर्थ संकलनको लागी ब्यक्तिगत, सस्थागत र बिभन्न सामाजिक ब्याक्तित्वलाइ अनुरोध गर्ने बताइएको छ।

    कोषमा जम्मा हुने रकम वडानम्वर ३० मा भैपरी आउने बिपद ब्यवस्थापनको लागी खर्च गरिने समितिका अध्यक्ष कृष्ण अधिकारिले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.