• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अमेरिकामा कोभिड- १९बाट एकैदिन २,८०४को मृत्यु

  •    शुभेच्छा न्यूज  /१० बैशाख २०७७, बुधबार १३:४९ ,  प्रकाशीत
  • अमेरिकामा केही दिनयता लागेको कोरोना कहरको लगाम मंगलबार फेरि खुस्केको छ। यो समाचार लेखिरहेको बेला मंगलबार २,८०४ अमेरिकीको ज्यान कोरोनाले लिएको छ। यो संख्या अमेरिकामा कोरोना भाइरस संक्रमणबाट एकै दिन मर्नेको सबैभन्दा ठूलो संख्या हो।

    यो साताको सुरूमा आइतबार १,५६१ को मृत्यु भएकोमा अब कोरोना प्भाव कम हुने रहेछ भनेर उत्साहित भएका अमेरिकी सोमबार १,९३९ को मृत्यु भएकोमा के हो के हो भन्ने अवस्थामा पुगेका थिए। तर, मंगलबारको मृत्यु संख्याले उनीहरूका नौनारी गलेका छन्।

    आजको यो मृत्यु संख्यासँगै अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ४५,३१८ पुगेको छ।

    अमेरिकामा मंगलबार कोरोना भाइरस संक्रमणबाट २,८०२को मृत्यु भएको छ। एकै दिन यति धेरै संख्यामा कोरोना भाइरस संक्रमणबाट मर्नेको यो नयाँ कीर्तिमान हो। संक्रमितको संख्यामा केही कमी आए पनि त्यस्तो संख्या अमेरिकामा मात्रै आठ लाख नाघेर अर्को कीर्तिमान बनेको छ।

    मृत्युको संख्याले नयाँ कीर्तिमान बनाए पनि नयाँ संक्रमितको संख्याले भने केही राहत दिएको छ। मंगलबार अमेरिकामा २८,१२३ नयाँ संक्रिमत भेटिएकोमा मंगलबार त्यो संख्या घटेर २५,६०७मा आइपुगेको छ। संक्रमितको यो नयाँ संख्यासँगै अमेरिकामा कोरना भाइरस संक्रमितको संख्या पनि बढेर ८१९,८०५ पुगेको छ।

    कोरोना भाइरस संक्रमणको इपिसेन्टर मानिएको न्युयोर्कमा मृतक र संक्रमित दुबैको संख्या केही थामिए जस्तो देखिएको छ। आइतबार र सोमबार संख्यामा केही आएको थियो, मंगलबार त्यो बढेर ७६४ पुगेको छ। यो संख्यासँगै न्युयोर्क राज्यमा मात्र १९६९३ जनाले ज्यान गुमाइसकेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.