• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना जितिन् १९ बर्षिय बागलुङकी अंशुले

"चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण "
  •    शुभेच्छा न्यूज  /१३ बैशाख २०७७, शनिबार १४:५६ ,  प्रकाशीत
  • एक महिना लामो आइसोलेसन बसाइपछि पाँचौं कोरोना संक्रमित बागलुङकी १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् । एक महिनाभन्दा बढी अस्पताल बसेर उनी डिस्चार्ज भएकी हुन् ।

    बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङ ४ कुँडुलेकी १९ वर्षीया अन्सु सापकोटामा चैत १० गते कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

    बागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटा गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन् । गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन् ।

    गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखियो । चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भयो ।

    शुक्रबार राती धौलागिरी अस्पताल बागलुङले सापकोटालाई डिस्चार्ज गरेको थियो । उनी शुक्रबार राती नै घर पुगेकी छन् । सापकोटा नेपालमा कोरोना संक्रमण हुने पाँचौँ व्यक्ति हुन् ।

    सापकोटाले गाउँमा गएर सचेतना फैलाउने बताइन् । ‘गाउँमा गएपछि कोरोना संक्रमणविरुद्ध लड्न नियमित तातोपानी खानुपर्ने कुरा सिकाउँछु,’ सापकोटाले भनिन्, ‘ढुक्क भएर नबस्ने, स्वास्थ्यबारे ख्याल राख्ने गर्छु ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.