महेश सिंह
सिरहाको नवराजपुर गाउँपालिकामा शुक्रबार राहत वितरण भएको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका डोम समुदायहरु दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई सो गाउँपालिकाका एक संस्थाले राहत वितरण गरेको हो ।
संस्थाको विशेष पहलमा १५ जना मनकारी युवाहरूको एक समुहले चन्दा संकलन गरि राहत सामग्री खरिद गरेको आयोजक नव जागरण युवा समाज नवराजपुरका अध्यक्ष राजिव यादवले जनाए ।
गाउँपालिका अन्तर्गत वडा नम्बर ३ का १३ घरधुरी , वडा नम्बर ५ का ५ घर र वडा नम्बर १ का ३ घर गरि जम्मा २१ घरधुरी डोम बस्तीमा राहत बाडेको हो। शिक्षक राम औतार मण्डल, शिवदेव साह, अमोद यादव , समाजसेवी बजेन्द्र प्रसाद यादव ,आशादेवी साह लगायतका १५ जना दाताहरु वाट चन्दा संकलन गरि करिब २५ हजार बराबरको राहत सामग्री खरिद गरिएको थियो ।
प्रती परिवार १० किलो चामल , १ केजि दाल , १ लिटर खानेतेल , ३ किलो आलु, आधी किलो स्वाविन,१ किलो नुन , नुहाउने साबुन २ पिस बाडेको संस्थाका सचीव उमेश कुमार यादवले जानकारी दिए ।
राहत सामग्री बुझदै एक जना बिपन्न नगेन्द्र मल्लिकले भने- लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएको थियो, यो राहतले धेरै खुसी छु ।´ राहत पाउने अर्कि बिपन्न मुन्ना देवि मल्लिकले राहत वितरण गर्ने टिमलाई धन्यवाद दिईन ।
यस्तो संकटका घडिमा आउने दिनहरुमा समस्यालाई मध्यनजर गरी नब जागरण युवा समाज ले सहयोग गर्ने समाजसेबी शिब देब शाहले बताए ।

Related