निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने
"निजी क्षेत्रका प्रयोगशालाले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पूरा गरी स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति "
तपाईको प्रतिक्रिया





स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वमा नरहेका निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणको लागि अनुमती दिने भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणका लागि अनुमती दिन लागिएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रको लगानीमा सञ्चालित प्रगोगशालाहरुलाई कोरोनाको परीक्षणका लागि अनुमति दिन प्रयोगशालाको न्युनतम मापदण्ड बनाइएको प्रवक्ता डाक्टर देवकोटाले बताए ।
मन्त्रालयले कोरोना परीक्षण गर्ने निर्देशिका बनाए पछि निजी क्षेत्रका प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने बाटो खुल्ने भएको हो ।
मन्त्रालयले बनाएको मापदण्ड पूरा गरेका निजी क्षेत्रका प्रयोगशालाले अब कोरोना परीक्षण गर्न पाउने छन् ।तर कोरोना परीक्षणका लागि निजी क्षेत्रका प्रयोगशालाले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पूरा गरी स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति पनि लिनुपर्ने हुन्छ ।
नेपालमा पहिलोपटक चीनबाट आएका एक व्यक्तिमा गत माघ ९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
चीनबाट नेपाल आएको केही दिनमा कोरोना संक्रमणको लक्षण देखिएपछि ती व्यक्ति आफैं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।
Related