गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गरे प्रधानमन्त्री ओलीसँग भेटवार्ता
" दुई दिनअघि काठमाडौं आएर सक्रिय भएका सुब्बाले हिजो पार्टीका नेताहरुसँग छलफल गरे "
तपाईको प्रतिक्रिया





राजनीतिक संकट गहिरिएकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङसँग छलफलमा बसेका छन्।
प्रधानमन्त्री ओली दलभित्रै संकटमा फसेपछि दुई दिनअघि काठमाडौं आएर सक्रिय भएका सुब्बाले हिजो पार्टीका नेताहरुसँग छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा पद छाड्न नहुने अभिव्यक्ति दिँदै आएका गुरुङले अध्यादेश फिर्तासँगै विवाद सकिएको बताउँदै आएका छन्।
मुख्यमन्त्री गुरुङ मंगलबार काठमाडौं गएका थिए । उनले बुधबार अर्थमन्त्री युवराज खतिवडालाई भेटी गण्डकी प्रदेशका लागि विभिन्न योजनामा बजेट राखिदिन अनुरोध गरेका छन् ।
गण्डकीका योजनाबारे जानकारी गराउँदै बजेट माग गर्ने र समसामयिक विषयमा छलफलका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
उनले हिजोमात्रै रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेता देव गुरुङ, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग बेग्लाबेग्लै छलफल गरेका थिए। उनले यसबीचमा गण्डकी प्रदेशका काठमाडौंमा उपलब्ध नेता तथा सांसदहरुसँग छलफल गरेका छन्।
ओलीका विश्वासपात्र रहेका सुब्बा प्रधानमन्त्रीसँग एक्लै छलफलमा जुटेका हुन्।
Related