आइतबार वीरगन्जमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा योसहित संक्रमितको संख्या ६० पुगेको छ।
यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४ मा पनि वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसअघि चैत ३० मा वीरगन्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय मुस्लिम जमातीमा पनि कोरोना संक्रमण भेटिएको थियो ।
वीरगन्जमा भेटिएका संक्रमीतको सम्पर्कमा रहेकाको कन्टयाक्ट ट्रेसिङ गर्ने क्रममा केही शंकास्पद व्यक्तिको शुक्रबार स्वाब संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

Related