सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले भारतले नेपालको सीमा मिचेको विषयमा संघीय संसदको प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
सांसद अधिकारीले नेपालको भूमि कालापानी र सुस्ता क्षेत्रबारे रहेको विवाद निरुपण गरेर अघि बढ्न समेत भारत सहमत भएको अवस्थामा भारतले एकतर्फी रुपमा सडक उद्घाटन गरेको विरोध गर्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
उनले विश्व नै कोरोना भाइरससँग लडिरहेको अवस्थामा नेपाली भूमि लिपुलेकबाट तिब्बतको मानसरोबरसम्म जाने सडक उद्घाटन गरेको भन्दै त्यसविरुद्ध सबै राजनीतिक शक्ति र सरोकारवालाहरुलाई एक हुन आग्रह गरेका छन् ।

Related