• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लकडाउनले संकटमा परेका सर्वसाधारणलाई राहतको जोहोमा जुट्दै समाजसेवी चौधरी

  •    शुभेच्छा न्यूज  /१ जेष्ठ २०७७, बिहीबार १२:२७ ,  प्रकाशीत
  • महेश सिंह
    आबस्यक प्रक्रिया नपुगेर नगरपालिकाले बाँडेको राहत पाउँनबाट बन्चित भएकाहरुको खोजी गर्दै राहत वितरण गर्ने समाजसेवी हुन महेश चौधरी र संगीता कर्मचार्य ।

    उनीहरुले गरिबको छाक टार्न घरआँगनमै पुगेर संकटको अवस्थामा राहत वितरण गरिरहेका छन् ।चौधरी नेपाली काँग्रेसको नेता हुन भने कर्माचार्य नेपाल महिला संघको केन्द्रिय सदस्य ।

    लकडाउनका कारण रोजीरोटी गुमेको अवस्थामा चुनाब जितेर गएका जनप्रतिनिधिहरुले रातहको उचित प्रबन्ध नगरेको आम सर्वसाधारणले गुनासो पोखेपछि उनी दुवै राहत बोकेर गाउँका बस्ती सम्म पुगेका हुन्।

    उनीहरले सिरहाको लहान नगरपालिकाको वडा नं. १५ मोहनपुरका ३० घर धुरी परिवारलाई १० किलो चमाल,१ किलो दाल,१ कोलो आलू ,१ किलो नून बितरण गरेका छन् । उनीहरु परिवारका सदस्यहरुको हौसालाले राहत वितरणमा निस्कीएको बताउँछन् ।

    विदेशमा अध्यायनरत छोराछोरी कै रुची अनुसार राहत वितरण गरेको उनीहरुको भनाइ छ।राहत नपाउनेहरु निर्वाचनमा जितेर गएका नेताहरुका बारेमा रिस पोख्दै महेश र संगितालाई सुनाउँ छन, भोट दिएर जिताउँछौं नेताहरु यस्तो बिपत्तिको बेला एक पल्ट पनि गरिब दुखीको अबस्था बझ्न् फर्के आउदैन भन्दै दुखेशो पोप्ने गरेको उनीहरु बताउँछन् ।

    लहानका विभिन्न वस्तीहरुमा पुगेर राहत वितरणमा खट्दै आएका चौधरी दम्पत्तिलाई सहयोग गर्ने दाताहरु पनि रहेका छन् ।

    नगरपालिकाले समेत राहत वितरण गरिरहेको छ । तर कतिपय मानिसहरुको पर्याप्त विवरण नहुदा उनीहरु राहत पाउनबाट विमुख भएका छन्।

    यिनै पर्याप्त प्रमाण नभएका गरिब, सुकुम्बासीहरु, दलित, एकल महिला, फरक क्षमता भएका, मजदुर लगायतलाई राहत वितरण गरिरहेका महेश र संगीताले २६ दिनमा एक हजार भन्दा बढी परिवारलाई राहत बाँडी समेको दाबी गर्दछन् ।

    समाजसेवी महेश र संगिताको जोडीलाई अर्का समाजसेवी जितन यादव र ललिता यादवको जोडीले लगातार राहत समाग्री उपलब्ध गराउँदै आएका छन् ।

    राहतमा सहयोग गर्नेहरुमा माखन भोग स्वीटस एण्ड चार्ट संचालक रोशन अग्रवाल ,लक्की इंटरप्राइजेजका प्रोपाईटर सन्तोष साह, सुभलक्ष्मी इंटरप्राइजेजका संचालक अशोक चौधरी, लहानको अस्पताल चोक स्थित रहेको श्रेया पोलिकिल्निकका संचाल डा. शुशिला सिंह र महिला तथा प्रशुती रोग बिशेषज्ञ चिकित्सक समेत रहेका छन् ।

    बुधबार पनि लहान नगरपालिकाको वडानं ८ मा र बिहिवार सिरहाको बर्दमा क्षेत्रमा राहत वितरण गर्ने योजना रहेको चौधरीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.