• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घरभाडाको विषय आपसी समझदारीमा मिलाउन होटल सङ्घको अपिल

"घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै छुट तथा सहुलियत प्रदान गरिदिन अपिल "
  •    शुभेच्छा न्यूज  /५ जेष्ठ २०७७, सोमबार १६:२८ ,  प्रकाशीत
  • पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पु¥याउन आग्रह गरेको छ ।

    सङ्घका तर्फबाट अपिल जारी गर्दै अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेको उल्लेख गर्दै यो विषय आपसी समझदारीमा टुंग्याउन आग्रह गरेका छन् ।

    विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिन अपिल सङ्घका तर्फबाट गरिएको छ ।

    विविध जटिल परिस्थिति पार गर्दै व्यवसाय सञ्चालन गर्दै गर्दा ऐतिहासिक तथा अप्रत्यासित विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिमा होटलका घरधनी र सञ्चालकबीच आपसी समझदारीबाट नै वर्तमान समस्या समाधान गर्नु अहिलेको आवश्यकता भएको अपिलमा भनिएको छ ।

    सङ्घसँग सम्बन्धित होटलका घरधनी र होटल सञ्चालकले सशस्त्र द्वन्द्व, नाकाबन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइरहेको सङ्घले स्मरण गरेको छ ।

    कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गतेदेखि हालसम्म बन्दाबन्दी घोषणा गरी कार्यान्वयन हुँदै आएको र यसले होटल व्यवसाय शून्य प्रायः भएको सङ्घले जनाएको छ ।

    बन्दाबन्दी खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति नरहेको भन्दै अपिलमा रोगको औषधोपचार हालसम्म नभएको र अन्य विविध कारणले केही वर्षसम्म बाह्य पर्यटकको आगमन हुने स्थिति नरहेको आकलन गरिएको छ ।

    सबै विषयलाई दृष्टिगत गरी सङ्घले हाललाई असोज मसान्तसम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको उल्लेख गर्दै अपिलमा यस विषम परिस्थितिमा सबै व्यवसायी एकजुट भई यस अवस्थालाई पार लगाउनुपर्ने भनिएको छ ।

    सङ्घले नेपाल सरकार तथा अन्य सम्बन्धित निकायसँग राहत माग गरिरहेको र सम्भवतः अगामी आव ०७७/०७८ को बजेटमा सम्बोधन हुने आशा गरिएको विज्ञप्तिमा भनिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.