• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मणिपाल अस्पतालमा झडप: कर्मचारी युनियनका अध्यक्ष भण्डारी पक्राउ

  •      /१९ चैत्र २०७४, सोमबार ०८:३४ ,  प्रकाशीत
  • पोखरा: करिब एक बर्षदेखि कर्मचारी र प्रशासनबीच आन्तरिक द्वन्द्व चलिरहेको मणिपाल शिक्षण अस्पतालमा प्रशासनको दबाबमा आन्दोलनरत कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

    कर्मचारीहरुले ११ दिनदेखि लगातार धर्ना दिँदै आएका थिए। सोमबार पनि ८ बजेदेखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम थियो। तर बिरामीका आफन्तले विरोध गरेपछि तनाव भएको हो। प्रहरीले कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीलाई पक्राउ गरेर लगेको मणिपालका कर्मचारी पविन बास्तोलाले जानकारी दिए।

    ११ महिनाअघि देखि तलब र सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले केही सातायता प्रदर्शन गरेका थिए। तलबको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जहरुलाई ईन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संचित विदाको १ सय ८० दिन (पूरै) बिदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन्।

    श्रम ऐनमा १ सय ८० दिन सञ्चित विदा पाउने अधिकार छ । हामीलाई ६० दिनभन्दा बिदा दिँदैन, आन्दोलनरत एक कर्मचारीले भने–५ बर्षदेखि अस्थायीमा धेरै कर्मचारी काम गरिरहेका छन्। उनीहरुलाई तत्कालै स्थायी गरिनुपर्छ।’ ‘नेपालीको १५ सय बढाउँदा भारतीय कर्मचारीको डेढ लाख बृद्धी हुन्छ।’

    अस्प्तालले सधै र बोनस खाने, बाहिरचाहीँ सँधै आन्दोलन भएको देखाउने गरेको बताउदै उनले आफ्नो माग तत्कालै सम्बोधन गर्न माग गरे।

    कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले चाहीँ सेवामा अवरोध गरेका कारण नियन्त्रणमा लिनुपरेको बताए। ‘कर्मचारीले माग्ने प्रशासनसँग हो। विरामीलाई उपचारमा रोक्ने होईन, उनले भने–गलत गरे प्रहरीले नियन्त्रणमा लिन्छ।’ यसबारे मनिपालका प्रशासन प्रमुख भानु भारध्वाजसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन्। pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.