• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भिङ्ग्री स्वर्गद्दारी जोडने सडक कालोपत्रे गरिंदै

  •    सलिम अन्सारी  /७ जेष्ठ २०७७, बुधबार १२:०९ ,  प्रकाशीत
  • बन्दाबन्दिका समयमा पर्यटकिय महत्वको भिग्रीं स्वर्गद्धारी सडक कालोपत्रे गर्न थालिएको छ ।

    स्वर्गद्धारी नगरपालिकाको केन्द्र भिङ्ग्री देखि पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्धारी सम्म जोड्ने १४ किलोमिटर सडकमा कालोपत्रेको काम सुरु भएको हो ।

    सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर काम अगाडि बढाइ रहेको बताउनुभयो । ‘अहिले लकडाउन भएपनी बिकास निर्माणका काम सन्चालन गर्न सरकारले परिपत्र गरे अनुसार कालोपत्रे गर्न थालेका हौ।,’उहांले भन्नुभयो,‘कामदारहरूले सामाजिक दूरी कायम राख्दै काम गरिरहेका छन।’

    ५ नंवर प्रदेश सरकारको २५ करोड ५० लाख रुपैया लागतमा सडक कालोपत्रे सुरु भएको हो ।यो सडकको ठेक्का वसिस इन्जिनियर्स एण्ड बुल्डर्स प्रा.लि लाजिमपाट ,काठमाडौले पाएको छ । आगामी असोज सम्ममा काम सम्पन्न गर्ने ठेक्का संझौता रहेको सडक डिभिजनले बताएको हो।

    त्यस्तै,इन्जिनियर अरुण खत्रीले कुल १४ किलोमिटर सडकमध्ये अहिलेसम्म ३ किमि सिङ्गल पोर्ट सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म ७० प्रतिशत पुर्बाधारको काम सकिएको छ ।

    कालोपत्रे सकिएपछि स्वर्गद्धारी आउजाउ गर्दा भक्तजनहरुले पहिला जस्तो सास्ती ब्यहोर्न नपर्ने र भिङ्ग्री बजार र स्वर्गद्धारीको दुरी समेत छोटिने स्थानियले बताए।

    यो सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलो र हिउँदमा धुलोले सताउने समस्या टर्ने उनिहरुको अपेक्षा छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.