• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ट्रकले ४ वटा स्कुटर र मोटरसाइकललाई ठक्कर दियो

  •      /१९ चैत्र २०७४, सोमबार १४:४३ ,  प्रकाशीत
  • पोखरा  . रोकीराखेको ट्रकले पोखरामा ४ वटा स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको छ । मालेपाटन स्थित कालिका पेट्रोल पम्पमा चालक बिना रोकि राखेको एक ट्रक आफै व्याक हुदाँ ३ वटा मोटरसाईकल र एउटा स्कुटरलाई  ठक्कर दिएको  हो । कालिका पेट्रोल पम्प भित्रै रोकिराखेको ग १ ख ६९२७ नम्बरको ट्रकले आज  करिब ५ः३० बजे तिर पेट्रोल हाल्न आएका स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको हो ।

    उक्त ट्रकले ग ६ प ३३६६ नम्बरको मोटरसाईकल, ग ११ प ३५० नम्बरको स्कुटर, ध १ प ४१६४ नम्बरको मोटरसाईकल र ग ७ प ४८४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको स्कुटर चालक सुवर्ण केसीले पोखरा न्युजलाई बताए।  स्कुटरमा पेट्रोल हाल्न  पम्पमा पुगेका  पोखरा लेखनाथ ४ का वडा सदस्य समेत रहेका केसीले  आफु  ठुलो कालबाट बच्न सफल भएको बताए ।  स्कुटर चालक केसी ट्रक आफै व्याक भएको देखेपछी अकस्मात भाग्नाले बाच्न सफल भएका हुन ।

    उनि चढेको ग ११ प ३५० नम्बरको स्कुटरलाई  ट्रकले किचेको छ  । आफु  जस्तै  अन्य केहि व्यक्तिहरु समेत अपरझट भाग्नाले बाच्न सफल भएको केसीले जनाए । उनले पोखरा न्युज संग भने “ पार्किङ गरेर राखेको जस्तो देखिने ट्रक चालक बिना एकाएक पछाडिबाट व्याक हुदै हामीले पेट्रोल हाल्ने ठाँउमा आएको देखेपछी हामी चनाखो भयर भाग्नाले बाच्न सफल भयौं । ” ट्रक न्यूटलमा भएर आफै व्याक भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.