• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मकैवाली किराले सखाप पारेपछि प्रतिनिधि गुहार्दै किसान

  •     कृष्ण अन्जान ज्ञवाली  /९ जेष्ठ २०७७, शुक्रबार १२:५५ ,  प्रकाशीत
  • मकै खेतीमा अग्याँत किराले खान थालेपछि रुरु १ च्यूरेकका किसानहरु चिन्तित भएका छन ।मकै हुर्किदै चारपाते हुनै लाग्दा गूवा मै गएर किराले खाएको र मकै पहेलो हुँदै मर्ने गरेको रुरु १ च्यूरेकका कृषक लक्ष्मण १ ज्ञावलीले बताए।

    ‘केहि दिन भयो एक प्रकारको हरियो किरो मकैको गुवोमा पुगेर खाने गरेको छ’ उनले भने । ‘किराको कारणले मकै मर्न थाले।’
    ज्ञवालीले यसबारेमा रुरु १ का वडाअध्यक्षलाइ जानकारी गराएको बताए ।

    उनले वडाअध्यक्ष मार्फत कृषी प्राविधीकसंग कूरा गरिसकेको बताए । ‘सरकारी प्रक्रिया लामो हुने जस्तो देखिएका कारण स्थानिय वासिन्दाले पैसा उठाएर किटनाशक औषधी र औषधि छर्किने मेसिन समेत खरिद गरेर करिव १० घरले मकैमा लागेको किरा मार्न थालिएका रुरु १ का कृषक युवराज ज्ञवालीले बताए।

    यस वर्ष समयमै पानी परेको कारणले बेलैमा मकै छरेको र पहिलो चरणको मकै खन्ने काम भइरहँदा अग्याँत किराका कारण किसान त्रसित भएका छन् । अग्याँत किराका कारण मकै खेती नै सखाप हुनेहोकी भन्ने चिन्तामा कृषक रहेका छन्।

    एकातिर कोरोनाको कारणले निम्त्याएको खाद्दय संकटको पीडा । त्यय माथि मकै खेतीमा लागेको किराको पीडाले कतै भोकमरि त आउने हैन भन्ने चिन्तामा किसानहरु रहेका छन्।

    कृषी प्राविधिकको उच्च शिक्षा अध्ययन गरिरहेका रुरु १ च्यूरेक पिपल मुनिका ओमकार ज्ञवालीले यो किरा बारे आफुले अध्ययन गरिरहेको बताउँदै छिटो उपचार नगरे किराले मकै सखाप पार्ने बताए।

    केहि ब्याक्तिले त निजी तरिकाले किटनाशक औषधि छरेका छन तर सबैको यो सामर्थ नरहेकाले स्थानिय निकाय कृषी ग्यान केन्द्र तथा जिल्ला कृषी विकास कार्यालयको ध्यान आकर्षण होस भन्ने माग च्यूरेकका कृषकहरुको रहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.