• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रयोगात्मक शिक्षाका कारण कमजोर बनेका विद्यार्थी र अन्योलमा परेका शिक्षक

  •    शुभेच्छा न्यूज  /१० जेष्ठ २०७७, शनिबार २०:११ ,  प्रकाशीत
  • अविनाश पौडेल
    नेपालको शिक्षा प्रणलीप्रतिका टिप्पणी र असन्तुष्टि रान्नेहरुको ठूलै जमात छ। वौदिक तहबाट नेपालको क्षिक्षा प्रणाली अब्यवाहारिक र बेरोजगार उत्पादन गर्ने खालको भएको भन्दै असन्तुष्टि जनाउदै आएका छन्।

    नेपालमा लामो कालखण्डदेखि परिक्षामुखी र थेउरिकल शिक्षा चल्दै आएको छ। यसले विद्याथीलाई परिक्षामा कसरी पास गर्ने भन्ने मात्र चिन्तन सिकाउदै आएको छ । लामो समय खर्चेर सिकेको शिक्षले ब्यवहारिकरुपमा आफ्नो जीवन उपयोगि बनाउन नसक्दा धेरै युवाहरु सर्टिफिकेट दराजमा थन्काएर बेरोजगार बन्दै आएका छन्।

    विद्यायल तहबाटै प्रयोगात्मक एवं ब्यवहारिक शिक्षा विकास गर्ने भनेर बनाइएका पाठ्यक्रम समेत विद्यालयले विभिन्न समस्या देखाउदै प्रयोगमा ल्याउन सकेका छैनन्। यस्ता कार्यले शिक्षा प्रणालीमा सुधार नल्याएर विकृती मात्र थप्ने गर्दै छ ।

    प्रयोगात्मक परीक्षा प्रणालीको उद्देश्य भनेको शिक्षा जीवन र कार्यक्षेत्रमा अत्याधिक उपयोगी बनोस् भन्ने हो । तर अहिलेको यस संघिय प्रणालीमा यो शिक्षा प्रणालीमा आमुल परिवर्तन नगरेका कारण उपयोगि हुन सकेन।

    विद्यालय तहको कक्षा १० सम्मको प्रयोगात्मक परिक्षा त हात्तीको देखाउने दाँत जस्तो बनेको छ। प्रयोगात्मक परिक्षाको प्रणाली देखाउने र भन्ने मात्रै भएको छ । यस्तो प्रयोगात्मक परिक्षा प्रणालीबाट उद्देश्य हासिल गर्न सकिने सम्भाबना देखिदैन।

    यस्तो परिक्षा प्रणालीले प्रयोगात्मक परिक्षाका उद्देश्य हासिल गर्न र गुणस्तरिय शिक्षा प्रदान गर्न सकिदैन। यसले त झन विक्रिति र बिसंगति मात्र थप्छ।

    विशेषगरी कक्षा १० सम्म हुने गरेका प्रयोगात्मक अंक शिक्षकको विद्यार्थीप्रतिको धारणा अनुसार नै मापन हुने गर्छ । प्रयोगशालामा गरिने क्रियाकलापको त कुनै मुल्याङन नै नभई अनुमानका भरमा गरिने मुल्याङकनले विद्यार्थिको वास्तविकता पहिचाहन गर्दैन।

    विज्ञानको प्रयोगशाला नै नभएका विद्यालयको सूची लामै छ । ‘टेस्टट्युब’ नचिनीकन २५ पूर्णाङ्क पाउने विद्यार्थीको सूची त झन लामो छ। भौतिक पुर्वाधार विनै अध्यायन गराइ रहेका विद्यालयलका विषयगत शिक्षले अनुमाना भएका गरेको मुल्याङ्कनका आधारमा नम्बर दिदा प्रायजसो सामुदायिक विद्यालयको अवस्था नाजुक बनेको छ।

    मैले सामुदायिक विद्यालयमा अध्ययन गर्दा ‘टेस्टट्युव‘ नचिनी ए प्लस् अंक ल्याउन सफल भएको थिए।म अहिले ढुक्क छु की मेरो त्यो ए प्लस ग्रेड साच्चिकै न्याय होइन । तर ए प्लस् नपाउने हो की भनेर दश कक्षा अध्यायन गर्दा मलाइ जस्तै पिरलो अरु साथीहरुलाई पनि परेको थियो होला ।

    यो प्रयोगात्मक परिक्षाले मलाइ नजानीकनै राम्रो ग्रेड ल्याउने अवसर त दियो, त्यतिकै डर पनि पैदा गरायो । औचित्यहीन प्रयोगात्मक परिक्षाको सट्टा व्यवहारीक र प्रतिफल दिने किसिमको परिक्षा हुन्थ्यो भने मैले यो असन्तुष्टि ब्याक्त गर्न पदैनथ्यो । यो समस्याबाट ग्रसित र त्रसित म मात्र होइन, तमाम विद्यार्थीहरु छन् ।

    शिक्षक विद्यार्थीको सम्बन्धलले कहिले सम्म मार्कसिटमा प्रत्क्ष प्रभाव राखीरहने र विद्यार्थीका असन्तुष्टि दवाईमा दवाई रहने ? शिक्षकहरुको अल्छीपनाको विरुद्ध विद्यार्थी बोल्न सक्ने अवस्था बन्ला की नाइ ? कालोसूचीमा पर्नेगरि विद्यालयमा बोल्न सक्ने अभिभावकको आँट आउने कुरै भएन।

    बच्चाको अंक सँग अभिभावकको प्रेम पनि अतुलनीय नै हुन्छ । मेरो तात्पर्य यो होइन की प्रयोगात्मक परिक्षा फाल्नुपर्छ। तर त्यसको प्रक्रिया भने फेरिनु पर्छ । कक्षा ११÷१२ अथवा माथिल्लो स्तरमा जस्तै बाहिरी शिक्षकको मुल्याङ्कनको ब्यवस्थाले यसमा थप सुधार ल्याउन सक्छ।

    विधमान प्रयोगात्मक प्रणाली प्रति विद्यार्थी मात्र नभएर आम जनसमुदायले नै सोच्न आवस्यक छ। कसैलाइ देखाउनको निम्ति हामी शिक्षित हुनुको अर्थ छैन । हामी त्यसरी साक्षर भएर कुनै उपलब्धि हासिल हुदैन ।

    यस्तो शिक्षा प्रणालीमा सुधार गर्न राज्यले अविलम्व विज्ञहरुसँग छलफल गरेर प्रयोगात्मक परिक्षाको दायरा बढाउनु जरुरी छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.