• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रसिद्ध ऐतिहासिक तथा धार्मिक क्षेत्र रुरुको गुरुयोजना संगै सम्भावनाको ढोका खुल्दै

"प्रतिष्ठित धार्मीक छेत्रको रुपमा रहेको रुरु छेत्रको वहुआयामिक विकासलाइ तीन तहका सरकारले प्रमुख रुपमा लिए "
  •     कृष्ण अन्जान ज्ञवाली  /१३ जेष्ठ २०७७, मंगलवार १२:३२ ,  प्रकाशीत
  • प्रदेश ५ को सरकारले आफ्नो नीति तथा कार्यक्रममा गुल्मीको रुरु क्षेत्रलाइ बिषेश क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएपछि रुरु क्षेत्रको महत्व बढेको छ।

    यहि जेठ १० गरे प्रदेश ५ का प्रदेश प्रमुख धर्म नाथ यादवले प्रादेशिक संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तराइका बुटवल भैरहवा,नेपालगंज,कोहलपुर,घोराही,तुल्सिपुर, स्वर्गद्धारी र रुरु छेत्र रिडी लगायतका क्षेत्रलाइ नोडल प्वाइन्ट बनाउने प्रक्रिया अगाडी बढाएका छन्।

    गुल्मीको प्रवेश द्दार एवं प्रतिष्ठित धार्मीक छेत्रको रुपमा रहेको रुरु छेत्रको वहुआयामिक विकासलाइ तीन तहका सरकारले प्रमुख रुपमा लिएको प्रदेश सांसद कमल राज श्रेष्ठले बताए।

    रुरु छेत्रलाइ एसियाकै उत्कृष्ट धार्मिक पर्यटन स्थल वनाउन प्रदेश सरकारको पहलमा गुरु योजना तयार भइ एकिकृत विकासका लागि टेन्डर भइसकेको सांसद श्रेष्ठले बताए । रुरु छेत्रमा वहुवर्षीय निर्माण अन्तरगत कालीगण्डकी जलाशय, ऋषिकेश मन्दिरको पुनर्निर्माण, रिडी खोला तटबन्ध, बृक्षारोपण, शवदाह गृह निर्माण, गैशाला वृद्दाश्रमको निर्माण लगायतका कार्य अगाडी बढाइदै छ ।

    यसै गरि सँग्रहालय अनुसन्धान केन्द्र मठ मन्दिरको जिर्णाेद्दार, सँस्कृत शिक्षाको विकास तथा स्थानिय गुफा क्षेत्रको समुचित विकासका कामहरु गरिने सांसद श्रेष्ठको भनाइ छ । पछिल्लो पटक रिडी यातायात सन्जालको केन्द्र विन्दुका रुपमा विकास हुँदै गरेको छ ।

    उत्तर चिन र भारतलाइ जोडने कालीगण्डकी करिडोर मेचीमहाकाली जोड्ने मदन भण्डारी लोकमार्ग, तनहुँ सुर्खेत लोकमार्ग ,तानसेन रिडी तम्घास मोटरबाटो र गल्याङ चण्डीभन्ज्याङ लगाएतका सडकहरुको मिलन बिन्दु पनि रुरु छेत्रको रिडी वनेको छ ।

    रुरु छेत्रको प्रमुख आकर्षण बन्दै गरेको स्याङजा, पाल्पा र गुल्मी जोडने तिनमुखे झोलुङगे पुलले पनि रुरु छेत्रको धार्मिक पर्यटनको विकासमा नयाँ आयाम थप्ने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.