बागलुङमा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो
"बुधबार पठाईएका ९२ स्वाव गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा पठाइएको थियोे "
तपाईको प्रतिक्रिया





बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएको छ। केही दिन पहिले भारतबाट आएर क्वारेन्टाइमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको हो।
बडिगाड गाउँपालिकाको त्रिभूवन माविमा रहेको क्वारेन्टाइनका दुइ जना र तमानखोला गाउँपालिकाको धनगौज्योती माविको क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण देखिएको हो।
उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले ६ जनामा कोरोना संक्रमण देखिएको बताए ।संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ ।
बागलुङबाट बुधबार पठाईएका ९२ स्वाव गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालमा पठाइएको थियोे । ति मध्ये ६ जनामा कोरोनाको संक्रमण देखिएको हो।पछिल्लो समय बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।
यस अघि बागलुङमा दुईजनालाई कोरोना पुष्टी भएको थियो । उनीहरु नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित थिए ।
६५ बर्षिय वृद्धा महिला र १९ बर्षिय युवती धौलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।
Related