• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जिल्ला भित्रिनेहरुको २४ सै घण्टा तथ्याङक लिदै युवा स्वयंसेवी

"दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन "
  •    सलिम अन्सारी  /१७ जेष्ठ २०७७, शनिबार १८:२१ ,  प्रकाशीत
  • सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ – प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् ।

    दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन। स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन। संबन्धित गाउँपालिकासंग समन्वय गरेर मात्र उनिहरुलाई जिल्ला भित्राईन्छ । अनि गाडीको व्यवस्था गरेर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाउछन।

    यहा दर्जन बढि युवा खटिएका छन् । युवाहरु यसरी खटिएबापत कुनै पारिश्रमिक पनि पाउँदैनन् । उनीहरू आफ्ना काम छाडेर स्वतस्फुर्त रुपमा सेवामा जुटेका हुन् ।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सिमानाकामा खटिएको भुसालले बताए। ‘ अप्ठायाराहरु त छन तै पनि स्वयंसेवा गर्दा खुसी छु,आनन्द लागेको छ । घरपरिवार र छिमेकी पनि खुसी छन् ।’ चौबिसै घण्टा आफूहरू नाकामै खटिने गरेको उनले बताए । उनका अनुसार स्थानीय स्वयंसेवकले बन्दाबन्दीको अवधीभरी काम गर्ने छन् ।

    तर,यसरी जोखिम मोलेर सेवामा खटिरहदा व्यक्तिगत सुरक्षा सामग्रीको अभाव खट्किएको भुसालले गुनासो गरे। ‘सेनिटाइजर, ग्लोब्स र मास्क बजारमा किन्न पाईदैन’ उनले भने’सरकारले दिएको छैन।’

    त्यस्तै, ददेरीका अर्का युवा सुर्य श्रेष्ठ (राजु) पनि दिनहुँ स्वंयसेवकको रुपमा खटिएकै छन। उनले पनि मान्छेहरु बगरको बाटो र लुकिछीपी ओहोरदोहोर रोक्न आफुहरु रातदिन खटिएको सुनाए ।’लकडाउन सुरु भएदेखी नै गाउँका युवाहरु आलोपालो गरेर बसेका छौं,’ राजुले भने,’

    लुकीछिपी आवतजावत हुनसक्ने सम्भावनालाई समेत ध्यानमा राखेर स्थानीय युवा परिचालन गरिएको र उनीहरुले आफ्नो सम्पूर्ण व्यवस्थापन आफैले गरिरहेको वडासदस्य मिन्टु तमुले बताए ।

    बन्दाबन्दीमा पनि भारत सहित बिभिन्न ठाउँबाट प्युठान आउने मानिसहरुको क्रम नरोकिएपछी जेठ १ गतेबाट यहा सतर्कता अपनाईएको हो। स्वयंसेवकसँगै जनप्रतिनिधि,स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि नाकामा खटिएका छन ।

    सरुमारानी –२ का वडा अध्यक्ष बसन्त जिसीले जिल्ला विपद व्यवस्थापन समितिले अलपत्र यात्रुलाई गाडीको व्यवस्था गर्ने, खाजा, खाना र बस्ने व्यवस्था गरेको बताए ।

    जिसिका अनुसार पैदल र गाडीबाट आएकाहरुलाई उक्त व्यवस्था गरिएको हो। प्रहरी हवल्दार कृष्ण प्रसाद मरासिनीले भारतबाट आएकाहरुको सबै बिबरण लिएपछि उनिहरुलाई क्वारेन्टाइनमा बस्न र परिवारसँग घुलमिल नहुन सल्लाह समेत दिएर पठाउने गरिएको बताए ।

    मानिस जिल्ला आउने क्रम जारी छ । भारतबाट कृष्णनगर नाका हुदै नेपाल प्रवेश गरेर प्यूठान आउने धेरै छन।जेठ १६ गते शुक्रवारसम्म भारत सहित बिभिन्न स्थानबाट ५ हजार ५५ जना प्युठान भित्रीएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.