पोखरा २० चैत्र । साहसिक खेल क्यानोनिङको प्रवद्र्धनका लागी कास्कीको पर्यटकीय गाउ बिरेठांटीमा क्यानोनिङ प्रतियोगिता हुने भएको छ । नेपाली नया वर्षको अवसर पारी चैत्रको २९ देखि बैशाख १ गते सम्म अन्नपूर्ण गाउपालिका ८ बिरेठाटी छहरामा क्यानोनिङ प्रतियोगिता हुने आयोजक बिरेठांटी क्यानोनिङका पूर्ण कोने गुरुङले जानकारी दिए ।
चिन बहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजन तथा पोखरा क्यानोनिङको सहआयोजनामा बिरेठांटी छहरामा सञ्चालन हुने क्यानोनिङ प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्धितियले २० हजार र तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने समेत गुरुङले बताए । प्रतियोगितामा नेपाल भरका ६० जना क्यानोनिङ गाइडहरुले भाग लिने आयोजकले जनाएको छ ।
५० मिटरको छहारामा हुने क्यानोनिङ प्रतियोगिता टाइमिङको आधारमा क्लाइम्ब अप र क्लाइम्ब डाउन गरी टप १० टप ५ गरी सञ्चालन गराइने छ ।

Related