गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ११३ पुग्यो
"संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी "
तपाईको प्रतिक्रिया





प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशमा स्याङ्जामा १४ जना, बागलुङमा १० जना, गोरखा १० जना र नवलपुर बर्दघाट सुस्ता पूर्वका ४ जना गरी ३८ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको हो ।
थपिनेमा स्याङ्जाका १४, बागलुङ र गोरखाका १०र १० र नवलपुरका ४ जना छन् ।संक्रमितहरुमा स्याङ्जाको वालिङ नगरपालिकाका १३ जना, भिरकोट नगरपालिकाको १ जना रहेका छन् ।
त्यस्तै बागलुङको बडिगाड गाउँपालिकाका ९ जना, ढोरपाटन गाउँपालिकाका १जना रहेका छन् । त्यस्तै गोरखाको गण्डकी गाउँपालिकाका ९जना , पालुङटार नगरपालिकाका १ जना रहेका छन् । त्यसबाहेक नवलपुरको हुप्सेकोट गाउँपालिकाका ४ जना पुरुष रहेका छन् ।
थपिएका सबै पुरुष हुन् । सबै संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशका ११ जिल्ला मध्ये ९ जिल्लमा संक्रमण देखिएको छ। प्रदेशमा मनाङ र मुस्ताङ जिल्लामा भने अहिले सम्म संक्रमण देखिएको छैन ।
गण्डकी प्रदेशमा यस भन्द्या पहिले बागलुङमा २९ जना, स्याङ्जाका ३७ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १७ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, तनहुँका ३ जना, गोरखाका ११ जना र कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ एक जना निको भई घर फर्किसकेका छन् ।
Related