पोखराका पहिलो संक्रमितको सम्पकर्मा आएका सवैको रिपोर्ट नेगेटिभ
"संक्रमित पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ "
तपाईको प्रतिक्रिया





पोखराका ६० वर्षीय कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
ती पुरुषको सम्पर्कमा आएको ३९ जनाको आइतबार स्वाव संकलन गरिएको थियो । आफूसँग सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सबै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
काठमाडौंमा उपचार गराई रहेका संक्रमितको मंगलबार दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित व्यक्तिले आफू अहिले स्वस्थ रहेको र अन्तिम रिपोर्ट अएपछि डिस्चार्ज हुने जानकारी दिए ।
केन्द्रखवरसंग उनले भने ‘म अहिले स्वस्थ छु । हिजो (मंगलबार) रिपोर्ट नेगेटिभ आएको छ । आज (बुधबार) अन्तिम रिपोर्ट आउँछ । त्यसपछि मेरो डिस्चार्ज हुने प्रतिक्षामा छु ।’
गण्डकी प्रदेशमा बुधबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको देवचुलीका ४० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४५ पुगेको छ ।
Related