नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २ सय ७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
त्यसमध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।संक्रमितमध्ये ६ सय ७४ जना निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

Related