• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राजेन्द्र महतोको प्रश्न : महकाली सन्धिमै राष्ट्रघात भयो, कसले गर्‍यो ?

  •    शुभेच्छा न्यूज  /३१ जेष्ठ २०७७, शनिबार १५:४६ ,  प्रकाशीत
  • जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले महाकाली सन्धि हुँदा राष्ट्रघात भएको भन्दै तिनलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

    महतोले पार्टी फुटाइफुटाई महाकाली सन्धि गर्नेहरुलाई राष्ट्रघाती भएका भन्दै त्यसैबेला लिपुलेकदेखि लिम्पियाधुरासम्मको विषयलाई सम्बोधन हुनुपर्ने तर्क गरे।

    सुरुमा मधेशीलाई राष्ट्रघाती भन्दै आक्षेप लगाउने गरेको भन्दै आलोचनात्मक रुपमा प्रस्तुत भएका महतोले मधेशीलाई औला देखाउँदै राष्ट्रघात अरुतिरबाटै भइरहेको बताए।

    संविधान संशोधनको विषयमा अनुसूचीमात्र होइन, अन्य विषयलाई पनि समेट्न आग्रह गर्दा निजी विधेयकका रुपमा प्रस्तुत गर्नुपरेको उनले गुनासो गरे।

    ‘नक्सामा जग्गा ल्याएर हुँदै, जमिन आउनुपर्‍यो,’ महतोले भने, ‘नक्सा भन्ने बिजुली आएजस्तो आउने र जाने जस्तो जाने हुनु भएन।’

    उनले संविधान संशोधनमा आफ्नो दलको पूर्ण समर्थन रहेको बताउँदै सधै विभेदको अग्निपरीक्षा भोगिरहनुपरेको आक्षेप लगाए।

    महतोले भारतसँग वार्ताको माध्यमबाट समस्या सुल्टाउनुपर्ने बताए। भारतसँगको सम्बन्ध केपी ओली र नरेन्द्र मोदीले नबनाएको भन्दै जनता जनतासँग जोडिएकाले समझदारी र वार्ता राम्रोसँग हुनुपर्ने बताए।

    उनले नेपालको नक्सामा रहेको चुच्चो भाग किन र कसले हटायो सार्वजनिक हुनुपर्ने बताए। उनले संविधानमा मधेशी, दलित, थारु, जनजाति लगायत धेरै पक्षको असन्तुष्टि रहेको बताउँदै ती सबैको संविधान बनाउन आवश्यक रहेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.