पोखरामा ठूलो परिणामको लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तरकारी बोक्ने गाडीमा लुकाएर नवलपरासीको बर्दाघाटबाट लागुऔषध पोखरा भित्राउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
तरकारी बोक्ने गाडीमा अवैध लागुऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ना ३ च ७०५९ नम्बरको पिकअपसहित ४ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
उनका अनुसार पक्राउ पर्नेमा जिल्ला चितवन रत्ननगर १ टाँडीका अफताव भन्ने रविन चौधरी, रत्ननगरका पदमबहादुर घिमिरे, कास्की मादी गाँउपालिका ३ घर भई पोखरा १२ ढिकालेथर बस्ने मिलन गुरुङ र काभ्रे मच्छे गाँउपालिका ४ घर भई हाल पोखरा १४ बस्ने शंकर लामा रहेका छन् ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ७२ एम्पुल डाइजापाम, ७२ एम्पुल फेनरागन र ७२ एम्पुल नर्फिन गरी जम्मा २१६ थान लागूऔषध बरामद गरेको छ ।

Related