पोखरा सहित गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए
"उनीहरु सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी गोरखामा १०, स्याङजामा ४, पूर्वी नवलपरासीमा २, पोखराको क्वारेन्टिनमा बसेका एक र बागलुङमा १/१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार संक्रमितमा १ महिला र बाँकी सबै पुरुष छन ।
उनीहरु सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए । सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।
प्रदेशका मनाङ र मुस्ताङ बाहेक अरु ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । सबैभन्दा बढी स्याङजामा ६४ पुगेका छन् । संक्रमित मध्ये २० जना निको भएर घर फर्किएका छन् । स्याङजाका एक जनाको भने मृत्यु भएको छ ।
Related