• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

५ सय ३५ कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ३ सय ७०

"कूल संक्रमितको संख्या ९ हजार ५ सय ६१ "
  •    शुभेच्छा न्यूज  /८ असार २०७७, सोमबार १६:४९ ,  प्रकाशीत
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ सय ३५ संक्रमित थपिएको बताए ।

    यससँगै नेपालमा कूल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । डाक्टर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ७० ले कोरोनालाई जितेर डिस्चार्ज भएको बताए ।

    यससँगै नेपालमा निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या २ हजार १ सय ४२ पुगेको छ ।डाक्टर गौतमले राजविराजमा गरिएको परीक्षणमा मोरङ र सप्तरीका १० जना, विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ र मोरङका ४ जनामा संक्रमण भेटिएको बताए ।

    त्यस्तै कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका ११, जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १०, महोत्तरीका १, सप्तरीका २ जनामा संक्रमण देखिएको छ ।

    डाक्टर गौतमले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछाम २, अर्घाखाची ९, बैतडी १४, डडेलधुरा १५, डोटी ७, गुल्मी १, जाजरकोट १, कैलाली ५८ नवलपरासी ५, सर्लाही ५७, सिन्धुपाल्चोक २, सिराहा २३, स्याङ्जा २०, पाल्पा १०, प्युठान २४, रौतहट ३४ रुपन्देहीका ९ जनामा संक्रमण देखिएको छ ।

    उनले भरतपुरमा गरिएको परीक्षणमा चितवनका ५ र नवलपरासी पूर्वका १६ जनामा संक्रमण देखिएको बताए ।

    त्यस्तै धुलिखेलमा गरिएको परीक्षणमा ओखलढुंगाका १ र गुल्मीका ४१ जनामा संक्रमण देखिएको छ भने पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका १३, तनहुँका ११ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण देखिएको छ ।

    रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १४, पाल्पाका ८०, रुपन्देहीका ३ र प्युठानका ६ मा संक्रमण देखिएको हो ।राप्तिमा गरिएको परीक्षणमा दाङका १३ जनामा संक्रमण देखिएको डाक्टर गौतमले जानकारी दिए ।

    उनले हालसम्म ७६ वटै जिल्लामा कोरोना संक्रमित भेटिएको र पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरेकोसमेत बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.