• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनताको स्वास्थ्यमाथि खेलवाड र भ्रष्टाचारमा लिप्त नेतृत्वबाट मुलुक बन्दैन ; नेता पौडेल

"एमाले लोकतान्त्रिक पार्टी हो या होइन भन्ने कुरा चिनिया कम्युनिष्ट पार्टीले नेकपाका कार्यकर्तालाई दिएको प्रशिक्षणबाट प्रष्ट  "
  •    शुभेच्छा न्यूज  /२० असार २०७७, शनिबार १६:०८ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले जे काम गर्दा पनि कमिशन खाने, जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र भ्रष्टाचारमा आफूलाई लिप्त बनाउने राजनीतिक दलको नेतृत्वबाट मुलुक बन्न नसक्ने बताएका छन् ।

    गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारी जिपि कोइराला फाउण्डेशन कास्कीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले ओलीको सरकार एक दुई जनाको प्रयासले गिर्न नलागेको भन्दै उनी आफ्नै कारणले गिर्ने अवस्थामा आएको स्पष्ट पारे ।

    दल विभाजन अध्यादेश, भारत विरुद्धको अभिव्यक्ति लगायत प्रधानमन्त्रीका आफ्नै कारणले ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको उनले बताए ।

    नेकपाले दुई तिहाइ बहुमत प्राप्त गर्दा पनि मुलुकका लागि केही काम गर्न नसकेको भन्दै नेता पौडेलले यसबैबाट नेकपाले मुलुकका लागि काम गर्न सक्दैन भन्ने पुष्टि भएको स्पष्ट पारे ।

    माओवादीले संघीयता चाहेको या नचाहेको, एमाले लोकतान्त्रिक पार्टी हो या होइन भन्ने कुरा चिनिया कम्युनिष्ट पार्टीले नेकपाका कार्यकर्तालाई दिएको प्रशिक्षणबाट प्रष्ट भएको बताए ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमा मुलुक क्षमता नभएको भन्दै यस्तो संकटमा पनि राजनीतिक विवाद निम्तिनु विडम्वना भएको बताए । कांग्रेसको निरन्तरको दवाव पछिमात्रै नेपालको नक्सा जारी भएको नेता पौडेलले जानकारी दिए ।

    ओलीको नेतृत्वमा नक्सा जारी भए पनि अब जमीन फिर्ता नहुँदै प्रधानमन्त्रीले भारतसंग निरन्तर निहु खोजिरहेको बताए ।

    नेता पौडेलले गिरिजाप्रसाद कोइरालाको अभाव नेपाली राजनीतिमा अहिले पनि खड्किरहेको भन्दै कोइराला जत्तिको नेता अब मुलुकले पाउन नसक्ने ठोकुवा गरे । ‘गिरिजा र सुशील कोइराला नभएको भए, उहाँहरूको हृदय ठूलो नभएको भए यो मुलुक कुन र कस्तो हालतमा हन्थ्यो त्यो हामीले कल्पना गर्न सक्दैनथ्यौं’, उनले भने ।

    कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, कास्की कांग्रेसका सभापति कृष्ण केसी, कांग्रेस नेता वीरेन्द्र नारायण विजुक्छे, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, फाउण्डेशनका अध्यक्ष यादवराज अधिकारी, सचिव मोतीराज तिमिल्सिना लगायतले बोलेका थिए ।

    कार्यक्रममा प्रेस युनियनमा आवद्ध पत्रकारहरूलाई प्रेस ज्याकेट वितरण गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.