• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

"कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५  "
  •    शुभेच्छा न्यूज  /२२ असार २०७७, सोमबार १७:१५ ,  प्रकाशीत
  • नेपालमा सोमबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

    त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँचीका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

    यसैगरी डोल्पाका ५८ वर्षका पुरुष, सुर्खेतका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर का-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै अर्घाखाँचीका ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंज एक पुरुष, गुल्मीका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीका ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै कैलालीकैकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक पुरुष, दैलेखका एक जना पुरुष, स्याङ्जाका पुरुष, ललिपुरको पाटन अस्पतालमा मृत्यु भएक एक पुरुष, दाङकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलालीका ५० वर्षीय पुरुष छन ।

    ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिमा बसिरहेका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

    त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले ज्यान गएको छ ।

    त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष र रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका मृत्यु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.