आज थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४
"कोरोना संक्रमितको संख्या १५ हजार ९६४ "
तपाईको प्रतिक्रिया





नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरानमा एक, सिराहा र सुनसरीका एक एक जना संक्रमित छन् ।
यस्तै विराटनगरमा गरिएको परीक्षणमा झापाका २, सिराहा र खोटाङका एक एक जना संक्रमित भएका छन् ।विराटनगरमा गरिएको परीक्षणमा झापाका एक, राजविराटमा गरिएको परीक्षणमा सप्तरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
यस्तै काठमाडौंमा गरिएको परीक्षणमा नुवाकोटका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।चितवनका एक , हेटौडामा नवलपरासीका एकजना र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका ३ जना, नलवपरासीका एकजना, ओखलढुंगामा ३ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ललितपुरमा गरिएको परीक्षणमा बाराका एक, भक्तपुरका १०, चितवनका ३, दाङका २, धादिङका एक, दोलखाका २, गोरखाका २, झापाका एकजना, कास्कीका एक, काठमाडौंका २३, काभ्रेका एकजनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी खोटाङका २ जना, ललितपुरका २० जना, मकवानपुरका ४ जना, नवलपरासी पुर्वका एक, रौतहटका ३, संखुवासभाका एक, सप्तरीका २ सिन्धुलीका २, सिन्धुपाल्चोकका २, सिराहा र सुनसरीका एक एक र अर्घाखाँचीका एक संक्रमित भएका छन् ।
काठमाडौंका एकजना र उपदयुपरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६, कास्कीका ७, लुमजुङका ११ र गोरखाका ५ जना संक्रमित भएका छन् ।
यस्तै रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ जना, पाल्पाका ४ जना र प्युठानका ४ जना संक्रमित भएका छन् ।यस्तै जाजरकोटका एक, डडेल्धुराका ५ जना र जुम्लाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Related