जिल्ला प्रहरी कार्यालय कास्कीले माक्स नलगाइ घरबाहिर निस्कनेलाई कार्वाही शुरु गरेको छ । सरकारको निर्देशन बमोजिम कास्की प्रहरीले पनि यो अभियान सञ्चालन गरेको छ ।
यसक्रममा बुधबार २१ जनालाई कार्वाही गरिएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनले पहिलो चरणमा माइकिङ गरेर सूचना प्रवाह गरिएको, दोस्रो चरणमा सम्झाइ–बुझाइ गरिएको भन्दै यसपछि पनि अटेर गरेकाले कार्वाही गरिएको जानकारी दिए ।
माक्स नलगाइ हिंड्नेलाई पक्राउ गरी सम्झाइ–बुझाइ गरेर १०० रुपैयाँ जरीवाना गराइने प्रवक्ता हमालले जानकारी दिए ।
कास्की प्रहरीले माक्स अनिवार्य लगाउन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न र लकगाउनको पालना गर्न आग्रह समेत गरेको छ ।

Related