कोरोना संकटकावीच सांसद् भट्टराईद्वारा कास्की क्षेत्र नं २ का विकास आयोजना अनुगमन
तपाईको प्रतिक्रिया





निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।
आर्थिक बर्ष २०७६/७७ मा पुर्बाधार बिकास कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट सो क्षेत्रमा सन्चालित बिभिन्न आयोजनाहरुको प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले अनुगमन गरेकी हुन् ।
अनुगमका क्रममा साम्सद भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत बिकासका पुर्बाधार सृजना गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै जनताका आधारभुत आवश्यकता पूरा गर्न र समृद्धिको लागि पुर्बाधार नै पहिलो आबश्यकता भएको प्रतिक्रिया दिईन्।
भट्टराईले बिकास निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै उनले तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनी र स्थानिय उपभोक्ता थप सचेत हुनुपर्नेमा जोड दिइन् ।
योजनाको सफलताको लागि उपभोक्ता समितिहरुका काम सर्हानिय भएको र केही योजनाहरु कोरोना महामारिका कारण प्रभावित भएको तर्फ आफ्नो ध्यानाकर्षण भएको बताइन् । सृजना भएका अप्ठ्याराहरुलाइ स्थानिय सरकारसङ्गको सहकार्यमा समाधानको पहल गरिने बताइन्।
अनुगमनका क्रममा केही स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिला सुस्ति भएको बताउँदै पछिल्लो समय कोरोनाका कारण मजदूर नपाउदा समयमा काम सम्पन्न गर्न समस्या भएको जानकारी गराएका थिए ।
कास्की क्षेत्र न २ मा आर्थिक बर्ष २०७६/७७ मा निर्वाचन क्षेत्र पुर्बाधार विकास कार्यक्रम अन्तर्गत सडक तथा ढल, सिंचाई, खानेपानी, भवन, लगायतका कुल ६ करोड रुपैयाँका विभिन्न ३६ वटा योजनाहरु संचालित छन् ।
Related