पोखराका विभिन्न ठाउँमा अविरल वर्षाका कारण पहिरोमा परेर सात जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।
शुक्रबार बिहान पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घरमा पहिरो जाँदा घरधनी थापासहित उनकी श्रीमति सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको र आठ जना घाइते भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए।
त्यस्तै पोखरा-२५ हेमजा मेलबाटेका रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको छ। पोखरा–२६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनारको मृत्यु भएको छ।
पोखरा–१७ छोरेपाटन सिमलटुँडाका चन्द्रबहादुर मगरको घरमा पहिरो जाँदा उनीसहित श्रीमती र छोरा घाइते भएका छन्।
घटनाका मृतकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रवक्ता हमालले जानकारी दिए। घाइतेको उपचार प्रतिष्ठानसँगै मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ।
अविरल वर्षाका कारण सिदार्थ राजमार्ग अन्तर्गत कालीमाटी खण्डमा पहिरो खस्दा आवातजावत बन्द भएको छ। पहिरो हटाउने काम जारी रहेको छ।

Related