लायन्स न्यूरोड चौतारीद्धारा खाद्दान्न वितरण
"जहाँ अभाव, त्यहाँ लायन्स भन्ने मान्यता अनुरुप क्लवहरुले विभिन्न मानविय कार्यहरु गर्दै "
तपाईको प्रतिक्रिया





लायन बर्ष शुरु भएसंगै लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले खाद्दान्न वितरण कार्यक्रमको आयोजना गरेको छ।
क्लवले आफ्नो बार्षिक कार्यतालिका अनुसार विद्यालयमा आवाशियरुपमा अध्यानरत विद्यार्थीलाई आबस्यक खाद्दान्न एक कार्यक्रमकाबीच वितरण गरेको हो ।
पोखराको बगरस्थित रहेको संकृत माविमा आबासीयरुपमा अध्यायनरत विद्यार्थीहरुलाई खाद्दान्न सामाङग्री वितरण गरेको क्लवका अध्यक्ष शिवराज बरालले बताए ।उनले क्लवका तर्फबाट दाल, चामल र नुन लगातयका आवस्यक सामाग्री प्रदान गरेको बताए।
कार्यक्रमका प्रमुख अतिथी एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालका पुर्व डिष्ट्रिक गभर्नर धुर्व बहादुर थापाले क्लवले लायन बर्षको शुरुवातसंगै मानवीय सेवाका कार्य शुरु गरेको बताउँदै आगामी दिनमा पनि यस्तै सेवाका कार्यलाई अगाडी बढाउन आग्रह गरे ।
उनले विभिन्न विपत्ती र अभाव भएका ठाउँ सम्म पुगेर क्लवहरुले मानविय कार्यहरु गरिरहेको बताए । ‘जहाँ अभाव, त्यहाँ लायन्स भन्ने मान्यता अनुरुप क्लवहरुले विभिन्न मानविय कार्यहरु गर्दै आएका छन’ उनले भने ।
क्लस्टर प्रमुख शम्भुराज बास्तोलाले क्लवले धर्मसंस्कृतीको संरणका लागि पढाइने संस्कृतिक शिक्षा अध्यायनरत आवाशिय विधार्थीका लागि खाद्दान्न वितरण गरेर मानविक कार्य गरेको बताए ।
उनले यस क्षेत्रकै पुरोनो विद्यालय भएपनि विभिन्न कारणले दयनिय अवस्थाबाट गुज्रिएको विद्यालयलाई सहयोग पु¥याउने उदेस्यले खाद्दान्न सहयोग गरेको भन्दै क्लवको प्रसंसा गरे।
विद्यालयका प्रद्यानाध्यापक गोविन्द सिग्देलले विद्यालय आर्थिक आभाबका कारण समस्यमा रहेको बताउदै विद्यालयको भौतिक, शैक्षिक सुधार गर्नका लागि दाताहरुको पर्खाइमा रहेको बताए ।
उनले विभिन्न दाताहरुकै सहयोगमा विद्यालयको भौतिक निर्माण देखि आवासिय विद्यार्थीका लागि आबस्यक दैनिक खर्च लगायतको ब्यवस्थापन गर्दै आएको बताए।
क्लवका संस्थापक अध्यक्ष वलाराम बरालले स्थापनकाल देखि नै क्लवले विभिन्न समाजिक कार्य गर्दै आएको बताए।कार्यक्रममा क्लवका पूर्व अध्यक्ष र अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो।
स्वागत मन्तब्य निवर्तमान अध्यक्ष क्षत्र बहादुर बराल क्षेत्रीले गरेका थिए।
कार्यक्रमक सभापतित्व क्लवका अध्यक्ष शिवराज बरालले गरेका थिए भने कार्यक्रम सञ्चालन सचित कृष्ण बहादुर लम्सालले गरेका थिए।
Related