१४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजारनजिक
"देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा १४४ जनामा कोरोना भाइरस संक्रमण "
तपाईको प्रतिक्रिया





सोमबार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको उनले बताए । हालसम्म देशभर संक्रमितको संख्या १६ हजार ९४५ पुगेको उनले बताए ।
सोमबार ५ हजार ८५६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ७७० रहेको छ भने ६ हजार ६१३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Related