• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओरालो लागेको कोरोना संक्रमण गण्डकीमा बढ्यो, आइसोलेसनमा बस्नेको संख्या ४ सय २९

"प्रदेशमा सवै भन्दा धेरै नवलपरासीमा २९५ जनामा संत्रमण "
  •    नरहरि पौड्याल  /२ श्रावण २०७७, शुक्रबार १९:२० ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा एकै दिन ४७ जना कोरोना संक्रमितको संख्या थपिएसंगै त्रास बढेको छ।

    मुलुक भर कोरोना संक्रमितको संख्या ओरालो लाएको बेला गण्डकी प्रदशमा क्रमश संक्रमितको संख्या बढेपछि त्रास बढेको हो।

    गण्डमी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान र दिउसो जारी गरेको सूचनामा ४७ जना नयाँ संक्रमित थपिएका थिए ।

    पछिल्लो समयमा आएर प्रदेशका विभिन्न जिल्लामा ठूलो संख्यामा संक्रमित बढ्न थालेका छन् ।

    थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य प्रतिष्ठनमा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको हो ।

    लमजुङ,तनहँु र नवालपरासी पूर्वमा धेरैको संख्यामा संक्रमित भेटिएको प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

    उनले संक्रमण क्रमश घट्दो क्रममा रहेको अस्थामा संख्यात्मकरुपमा केही धेरै संक्रमित थपिएको बताए।

    गण्डकी प्रदेशमा शुक्रबाट लमजुङमा २२, तनहँुमा ७ र नवलपरासी पूर्व १८ जना नयाँ संक्रमित थपिएका हुन्।

    योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार २ सय ७८ पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या ९ सय ३८ पुगेको छ ।

    गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमित भएका १ हजार २ सय ७८ मध्ये १ हजार १ सय १९ पुरुष रहेका छन् भने १ सय ५९ महिला रहेका छन् ।

    प्रदेशका ११ जिल्ला मध्ये बाग्लुङमा २१७ संक्रमित भएका छन। त्यसमध्ये १७४ निको भएर घरफर्किएका छन भने ४२ जना आइसोलेसनमा रहेका छन् ।

    १ जनाको मृत्यु भएको छ। त्यसैगरी पर्वतमा ९४ जनमा कोरोना संक्रमण देखिएको छ।

    त्यस मध्ये ७१ जना निको भएका छन भने २३ जना आइसोलेसनमा रहेका छन। म्याग्दी ३४ जनामा संक्रम देखिएको छ ।

    त्यसमध्ये २१ जना निको भएका छन भने १३ जना आइसोलेसनमा रहेका छन् । त्यसैगरी स्याङजामा १९१ मा संक्रमण देखिएको छ।

    त्यसमध्ये १७१ जना निकोभएर घर फर्किएका छन। ६० जना आइसोले सनमा छन भने २ जनाको मृत्यु भएको छ।

    कास्कीमा ८२मा संक्रमण देखिएको छ। त्यस मध्ये ७१ जना निको भएर घर फर्किएका छन भने ११ जना आइसोलेसनमा रहेका छन् ।

    मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन। हाल दुवै जिल्लाको आइसोलेसन खाली छन् ।

    गोरखामा ९९ जना संक्रमित मध्ये ८४ जना निको भएका छन भने ३८ जना आइसोलेसनमा रहेका छन। एक जनको मृत्यु भएको छ।

    लमजुङमा ८६ संक्रमित मध्ये ४४ निको भएका छन भने ४२ जना आइसोलेसनमा रहेका छन।,

    यस्तै नवलपरासी पूर्वमा २९५ संक्रमित मध्ये १५७ निको भएका छन भने १ सय ३८ आइसोलेसनमा रहेका छन् ।

    तनहँुमा १६६ संक्रमित मध्ये १ सय जना निको भएका छन/ ६६ जना आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    गण्डकीमा आइसोलेसनमा रहेकाको संख्या ४२९ रहेको छ।प्रदेशमा सवै भन्दा धेरै नवलपरासीमा २९५ जनामा संत्रमण देखिएको छ/

    सवै भन्दा कम मनाङ र मुस्ताङमा १।१ जनमा संक्रमण देखिएको छ।गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ।

    मृत्यु हुनेमा बागलुङका १,गोरखा १, स्याङजा वालिङका १ र आँधिखोला गाउँपालिकाका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.