सरकारी सम्पक्ति दुरुपयोग भएको तस्विर सामाजिक सञ्जालमा भाइरल, होला त कारवाही
"सरकारी सवारी साधनहरुमा साधारणतया कस्ता ब्याक्तिहरु सावार हुन्छन् होला ? "
तपाईको प्रतिक्रिया





देशमा सरकारी सम्पक्तिको ब्यापक दुरुपयोग र बढदो भ्रष्टचार बिरुद्ध सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिरोध हुने क्रम बढेको छ।
यसै क्रममा शुक्रबार सरकारी नम्बर प्लेटको मोटरसाइकलमा सवार युवा युवतीको फोटो फेसबुकलगायतका सामाजिक सञ्जालमा भइरल भएको छ ।
सरकारी सवारी साधनहरुमा साधारणतया कस्ता ब्याक्तिहरु सावार हुन्छन् होला ? जो सरकारी कार्यलयको पोशाकमा हुन्छन् । यो सवैले बुझेकै बिषय हो ।
कार्यलय समयमा आवस्यक काम काजका लागि प्रयोग हुने मोटर साइकलमा शुक्रबाट त्यस्तो भेटिएन । सवारीमा सवारले सरकारी पोशाक लगाएकी थिइनन् ।
उनले प्रयोग गरेको पोशाक कुनै कर्मचारीको पोशाक थिएन । कुनै कर्मचारीले कार्यलय समयमा लगाउन मिल्ने पोशाक नभएको भन्दै सामाजिक सञ्जालमा ब्यापक बिरोध भैरहेको छ।
यस घटनाले सरकारी सम्पक्तिको दुरुपयोग गरेको भान भएपछि बिरोध शुरु भएको हो ।
प्रदेश नं ३, ००१ ब १४१२ नम्बरको मोटर साइकल गुडिरहेको अवस्थामा कोटेश्वरमा भेटिएको फोटो अहिले भाइरल भै रहेका छ।
सरकारी सम्पक्ति दुरुपायोग गर्नेलाई कारवाहीको माग गर्दै सामाजिक सञ्जालमा बिरोध भएको हो ।
Related