पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संखया ९५ पुग्यो
"पर्वतमा संक्रमितको संख्या ९५ "
तपाईको प्रतिक्रिया





पर्वत जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा गरिएको नमुना परिक्षणमा पर्वतको जलजला गाउँपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या ९५ पुगेको छ ।
संक्रमित मध्ये अहिले सम्म ८८ जना उपचारपछि घर फर्केका छन ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिए ।
परिक्षणका क्रममा ५७ जनाको रिर्पोट नेगेटिभ आएको डा. देबकोटाले बताए।
Related