• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिका भित्रकाे अनियमितताप्रति कांग्रेसको ध्यानाकर्षण

  •    शुभेच्छा न्यूज  /३ श्रावण २०७७, शनिबार १८:२८ ,  प्रकाशीत
  • नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेन्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    कास्की कांग्रेसको शनिबारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको

    उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए ।

    कास्की कांग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा

    महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    टेण्डर सम्वन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारीमाथिको अभद्र व्यवहार बारे सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको छ ।

    बैठकले ३८ औं विपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाँडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने,

    वृक्षरोपण गर्ने र विगतका वर्षहरुमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।

    बैठकले नेपाली कांग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

    दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै नेता गुरुङले पार्टीमा पु¥याएको योगदान अविश्मरणीय रहने जनाएको छ ।

    बैठकले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित खोराकोमुखमा पहिरोका कारण पुगेको क्षतिप्रति दुख व्यक्त गर्दै दिवंगत

    आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

    बैठकले पीडित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन समेत माग गरेको छ ।

    बैठक कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.