१५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो
"हालसम्म संक्रमितको संख्या ५ हजार ४७७ "
तपाईको प्रतिक्रिया





नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
३९६३ जनाको पीसीआर परीक्षणमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
Related