• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुस्ताङको नामग्याल स्कूलद्धारा पोखरामा खाद्यान्न सामाग्री वितरण

"कोरोनाका कारण खाद्यान्न अभाव भएका ६० घर परिवारलाई सामाग्री वितरण "
  •    शुभेच्छा न्यूज  /७ श्रावण २०७७, बुधबार २१:२३ ,  प्रकाशीत
  • हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले पोखरा महानगरपालिका १४ भित्र रहेको सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरेको छ ।

    गुम्बा स्कुलले विद्यालयको पठपाठन संगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउदै आएकोमा यो वर्ष कोरोना कहरका कारण

    खाद्यान्न अभावमा बस्न बाध्य भएका ६० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

    जस अन्तर्गत पोखरा १४ को विजय बस्ती टोल वेलचौतारा, रातो डांडा, बिजयपुर आनन्दटोल घट्टेकुलो, साधनामार्ग र नया बस्तीमा

    बसोबास गर्दै आएका दैनिक ज्याला मजदुरी गरी घरको जोहो टार्दै आएकालाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

    गुम्बा स्कुलका सल्लाहकार तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको सक्रियता र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको अध्यक्ष तारामाया थापा मगरको समन्वयमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

    गुम्बा स्कुलले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा १ लाख २० हजार रुपैय सहयोग गरिसकेको छ।

    हालै वर्षाका कारण घरबार गुमाएका परिवारहरुलाई समेत खाद्यान्न सामाग्री वितरण गरिरहेको गुम्बाका सल्लाहकार तथा प्रदेश सभा

    सदस्य इन्द्रधारा विष्टले वताए ।

    विष्टका अनुसार गुम्बाले कोरोना र प्रकृति विपत्तिमा परेकालाई मात्र नभइ बृद्धाश्रम र शारिरीक अपांगता भएका ब्याक्तिहरुलाई पनि

    राहत सामाग्री वितरण गर्दै आएको छ ।

    गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो लामाले स्कुलले पहिरो पिडित, सुकुम्बासी तथा शारिरीक अशक्त भएका र वृद्धाश्रममा रहेका

    वृद्धवृद्धाहरुलाई लक्षित गरी राहत वितरण गर्ने बताए ।

    मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउदमा पोखराको खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.