१०९ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या १३ हजार नाघ्यो
"संक्रमित हुनेको संख्या १८ हजार ४८३ "
तपाईको प्रतिक्रिया





नेपालमा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
संक्रमित हुनेको संख्या १८ हजार ४८३ पुगेको छ। संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै १०६ जना निको भएर घर फर्किएका छन्।
Related