बागलुङमा सुख्खा पहिरो जाँदा पुरिएका १ जनाको शव भेटियो शुभेच्छा न्यूज /११ श्रावण २०७७, आईतवार १३:३५ , प्रकाशीत बागलुङमा सुख्खा पहिरो जाँदा पुरिएका १ जनाको शव भेटिएको छ। शनिबार राती बागलुङ नगरपालिका १ निरयघाटस्थित सामुदायीक वन क्षेत्रमा गएको पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर चालक धनबहादुर किसानको शव फेला परेको हो । बाग्लुङ नगरपालिका ५ मालिका स्थाई ठेगाना भएका ट्याक्टर चालक धनबहादुर किसानको आइतवार विहान शव फेला परेको जिल्ला प्रहरी कार्यलय बाग्लुले जानकारी दिएको छ। शनिबार राति सडकमा बिछ्याउने गेग्रान निकाल्ने क्रममा सुख्खा पहिरो खस्दा ट्याक्टर चालक धनबहादुर किसान र अर्का टिपर चालक निर्मल पुन बेपत्ता भएका थिए। बेपत्ता भएका दुइजना मध्ये ट्याक्टर चालक धनबहादुर किसानको शव भेटिएको छ। तर, पर्वतको बनौ घर भइ हाल पोखरा बस्दै आएका टिपर चालक निर्मल पुन भने बेपत्ता छन् । प्रहरी र स्थानीयले बेपक्ता भएको पुनको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। सुख्खा पहिरोमा परी पुरिएका २ मध्ये एक जनाका शव भेटिएको र १ जनको खोजी जारी रहेको प्रहरी निरिक्षक दिपक रिजालले बताए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बागलुङमा सुख्खा पहिरो जाँदा पुरिएका १ जनाको शव भेटिएको छ।
शनिबार राती बागलुङ नगरपालिका १ निरयघाटस्थित सामुदायीक वन क्षेत्रमा गएको पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर
चालक धनबहादुर किसानको शव फेला परेको हो ।
बाग्लुङ नगरपालिका ५ मालिका स्थाई ठेगाना भएका ट्याक्टर चालक धनबहादुर किसानको आइतवार विहान शव फेला परेको जिल्ला
प्रहरी कार्यलय बाग्लुले जानकारी दिएको छ।
शनिबार राति सडकमा बिछ्याउने गेग्रान निकाल्ने क्रममा सुख्खा पहिरो खस्दा ट्याक्टर चालक धनबहादुर किसान र अर्का टिपर
चालक निर्मल पुन बेपत्ता भएका थिए।
बेपत्ता भएका दुइजना मध्ये ट्याक्टर चालक धनबहादुर किसानको शव भेटिएको छ।
तर, पर्वतको बनौ घर भइ हाल पोखरा बस्दै आएका टिपर चालक निर्मल पुन भने बेपत्ता छन् । प्रहरी र स्थानीयले बेपक्ता भएको
पुनको खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
सुख्खा पहिरोमा परी पुरिएका २ मध्ये एक जनाका शव भेटिएको र १ जनको खोजी जारी रहेको प्रहरी निरिक्षक दिपक रिजालले बताए।
Related