स्याङ्जाको पुतलीबजारमा १८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
स्याङ्जामा थपिएका मध्ये सबै जना प्रहरी रहेको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिनुभयो ।
पुतलीबजारमा कार्यरत ३ जना प्रहरीमा कोरोना भाइरस देखिएपछि प्रहरी कार्यालयभित्र रहेका सबैको नमूना श्वाव संकलनगरी बिहीवार पोखरा पठाइएको थियो।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
नयाँ सङ्क्रमित स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।
पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३९९ पुगेको छ ।

Related