पोखरा विश्वविद्यालयमा नेविसंघले थालेको अनसनप्रति नेतृद्धय राना र पाण्डेको ऐक्यवद्धता
"सरकारको कमजोरीले विद्यार्थीलाई मर्का पार्न नहुने "
तपाईको प्रतिक्रिया





पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति र रजिस्ट्रार लगायतका पदमा नियुक्तिको माग गर्दै विद्यार्थीले थालेको आन्दोलनमा कास्की काँग्रसका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन्।
विश्वविद्यालयमा नियुक्ति लगायतका माग राखेर नेपाल विद्यार्थी संघले शुरु गरेको रिलेअनशन प्रति समर्थन जनाउदै पूर्व सांसद विन्दादेवी राना र कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले ऐक्यवद्धता जनाएका हुन्।
पोविविको अनशनस्थलमै पुगेर नेतृद्धय राना र पाण्डेले ऐक्यवद्धता जनाएका हुन् । उक्त अवसरमा नेतृ रानाले सरकारको कमजोरीले विद्यार्थीलाई मर्का पार्न नहुने बताइन ।
नेतृ पाण्डेले विद्यार्थीको भविष्य नसोच्ने सरकारले देश र जनताको भविष्य सोच्न नसक्ने बताइन् ।
नेतृ पाण्डेले शैक्षिक थलोमा नियुक्त गर्नुपर्ने पदमा ढिला गर्दा उत्पन्न हुने परिस्थिति सरकारले नै व्यहोर्नुपर्ने चेतावनी दिइन् ।
Related