• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले थाल्यो फोहोरबाट मोहर बनाउने अभियान

"कौंशीमा मासिक ५० करोडको तरकारी उत्पादन  "
  •    शुभेच्छा न्यूज  /१५ श्रावण २०७७, बिहीबार १५:३८ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले नगरक्षेत्र भित्रका घरहरुमा उत्पादन हुने फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी थालेको छ।

    म्हानगरले ‘छुट्याऔं फोहोर, बनाऔं मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यस अभियान सञ्चालन गर्ने तयारी गरेको हो । पहिलो चरणमा वडा नम्बर १,५,८,१०,१३,१६,१७,१९,२६ र २७ मा अभियान सञ्चालन गरिने भएको हो ।

    अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ ।

    मुल समितिको बिहीबार भएको बैठकमा अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझाव समेत संकलन गरिएको छ ।

    बैठक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए ।

    उनले घरमा उत्पादित फोहोर मध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौशी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए ।

    पुन प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नै पर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने बताए ।

    बिहीबार भएको बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घर, घरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिना भित्रमा फोहोर मैला व्यवस्थापन, मूल्य लगायतका मापदण्ड निर्माण गरी स्वकृतिको लागि महानगरमा सिफासिर गर्ने निर्णय गरेको छ ।

    अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मुल समिति र सचिवालय समिति गठन गरी फोहोर मैला व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

    बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको मुल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिइन् ।

    योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने भन्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ ।

    बैठकमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सबैको साथ, सहयोग र सुझावलाई समेटेर अभियानलाई अगाडि बढाइने बताए ।

    बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले अभियालनलाई समर्थन गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा गण्डी प्रदेश सांसद कृष्ण थापाले स्थानीय तहको निर्वाचनको बेलामा पार्टीले बनाएको घोषणपत्र मै सरसफाइ विषयलाई समेटेकोले यो अभियानलाई सक्दो सहयोग गर्ने बताए ।

    उनले भाषण गरे मात्र पोखरा सफा नहुने र काम नै गर्नुपर्ने भन्दै विशेष गरी महानगरकै जनप्रतिनिध यसमा खटिनुपर्ने बताए ।

    नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्ष तथा सचेतक रामराज लामिछानेले पोखराको फोहोर व्यवस्थापन गर्न महानगरले ल्याएको अभियानमा समर्थन जनाउँदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका कार्यवहाक अध्यक्ष गणेशबहादुर ढकालले फोहोरलाई वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्ने अभियानमा समय सान्दर्भिक भएको बताउँदै सहयोग गर्ने बताए ।

    कार्यक्रममा सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै पोखरामा दैनिक १ सय ८२ टन फोहोर उत्पादन हुने गरेको बताए ।

    उनका अनुसार फोहोर मध्ये ८० प्रतिशत घरयासी फोहोर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।

    पोखरा महानपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरका करिब १ लाख ५० हजार घरमा कोशी खेती गर्दा मासिक करिब ५० करोड सम्मको तरकारी फलाउन सकिने बताए ।

    घरबाट निस्कने कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न सकिने उनको भनाइ छ ।

    पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मुल समितिका सदस्य सचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रुपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहोर व्यवस्थापन गरिएको बताइन् ।

    बरालका अनुसार पोखरामा २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र ५९ सालमा सम्पन्न भएपनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

    अहिले फोहोर व्यस्थापन कसरी भइरहेको छ भन्ने बारे बरालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.