गण्डकी प्रदेशमा थप ६ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ४ सय ८५
"निकोहुनेको संख्या १ हजार २ सय ४३ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहँुमा १, कास्की ३ र म्याग्दीमा २ जना रहेका छन् ।
कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार २ सय ४३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ७२ रहेको छन। प्रदेशमा संक्रमण भएका १ हजार ४ सय ३५ मध्ये अहिले सम्म १ हजार ३ सय १५ पुरुष र १ सय ७४ महिला रहेका छन् ।
प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३०७ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा ५ सय ३७ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ।
मृत्यु हुनेमा बागलुङका १,गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।
Related