विक्राल बन्दै कोरोना ; सांसदसहित ६४ जनामा कोरोना संक्रमण
"सांसद यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६१ जना पुरूष र तीनजना महिलामा संक्रमण "
तपाईको प्रतिक्रिया





पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण देखिएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसदसहित ६४ जनामा संक्रमण पुष्टि भएको हो।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६१ जना पुरूष र तीनजना महिलामा संक्रमण देखिएको छ।
संक्रमित हुनेमा नारायणी अस्पतालका एक डाक्टर, एक प्यारामेडिक्स पनि रहेका छन्।
योसँगै पर्सामा संक्रमितको संख्या ४ सय ६२ पुगेको छ। संक्रमण पुष्टि भएपछि सांसद यादव आफ्नै घरको होम क्वारेन्टाइनमा छन्।
Related