पोखराबाट ५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भए
"डिस्चार्ज हुनेहरुमा पोखरा महानगरपाकिा ७ का १, वडानं १५ का १, कास्कीको अन्नपूर्ण गाउँपालिकाका २ जना "
तपाईको प्रतिक्रिया





पोखराबाट ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका ५ जनाको कोरोना संक्रमण मुक्त भएपछि डिस्चार्ज भएका हुन्।
गत साउन ४,९ र ११ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका ५ जना कोरोना मुक्त भएपछि डिस्चार्ज गरिएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
निर्देशक आचार्यका अनुसार शनिबार डिस्चार्ज हुनेहरुमा पोखरा महानगरपाकिा ७ का १, वडानं १५ का १, कास्कीको अन्नपूर्ण गाउँपालिकाका २ जना रहेका छन् ।
त्यसैगरी शुक्रबार पनि पोखरा १६ का १ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।
Related